Monday, December 12, 2016

टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantage and Disadvantage of Shaking Head

छोटो जानकारी, २०७३ मंसिर २८

हामी सामाजिक प्राणीहरु हौँ । हामीमा चेतना छ, अनुशासन छ । सामान्यतः सुनेको र देखेको भरमा टाउको हल्लाउने बानी यत्रतत्र भएको हामी पाउछौँ । यस क्रममा हाम्रो टाउको कहिले कता त कहिले कता हल्लिन पुग्छ । सबै प्रकारका हल्लाइले सबैलाई प्रशन्न वा क्रोधित बनाउँछ भन्ने हुँदैन । टाउको जानाजान यतैतिर हल्लाउँछु भनेर हल्लाउनु र अज्ञानतावश हल्लाउनुमा भने केही फरक हुन्छ । यो साइट खोलेपछि टाउको हल्लाउने समस्याका फाइदाहरु केके होलान् ? भन्ने कुरा यहाँहरुलाई लागेको होला । म यस लेखको मूल आशयलाई एउटा सानो उदाहरणका आधारमा स्पष्ट गर्ने प्रयास गरेको छु । 


भौतिक शास्त्रका परीक्षण र प्रवचनहरुमा सबै मानिसहरु असल र स्वतन्त्र उद्देश्यले उपस्थित भएका हुँदैनन् । यसको उदाहरणका लागि एउटा कार्यक्रमलाई लिन सकिन्छ । केही वर्षअघि त्रिभुवन विश्वविद्यालयमा राखिएको एउटा प्रवचन कार्यक्रम राखिएको थियो । मैले उक्त कार्यक्रममा न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको विश्लेषण र न्युटनको चालको दोस्रो नियममा रहेको त्रुटि शीर्षकमा वक्ताका रुपमा जानकारीहरु प्रस्तुत गरिरहेको थिएँ । त्यहाँ प्रायः एमएससी पढ्दै गरेका र पढिसकेका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । त्यहाँ उपस्थितमध्ये एक सहभागीले जे बोले पनि होइन भन्ने आशयमा टाउको हल्लाउने उद्देश्य लिएर सहभागिता जनाएका रहेछन् । 


कार्यक्रममा मैले व्याख्या गर्दै जाँदा चालको दोस्रो नियमले बलसँग पिण्ड र प्रवेगको गुणनफल बराबर हुन्छ वा F = ma भन्दछ भनी बताएँ । त्यतिबेला पनि उनको टाउको होइन भन्ने आशयका साथ हल्लियो । उनले आफूलाई भौतिक शास्त्रमा एमएससी सकेको बताएको पाएको थिएँ । मैले बोर्डमा लेखेर देखाएपछि पनि उनले एकछिन टाउको उसै गरी हल्लाए । मैले सोचेँ उनको यो बानी रहेछ । तर पछि कुरा बुझेपछि त्यति धेरै सहभागीहरुका अगाडि केही लाज मानेजस्तो गरे । एकछिनपछि टाउको हो भन्ने आशयमा हल्लाए । उनको अनुहारमा केही फरक रङको रगत संचार भयो । अन्ततः यसबाट सबैभन्दा बढी बेफाइदा उनलाई नै भयो । आफ्नै बद्नियतका कारण उनले आफ्नो नैतिक र सामाजिक उचाइ घटाए ।


एकातिर बेफाइदा गर्ने कतिपय काम र व्यवहारहरुले अर्कातिर फाइदा पुर्याउन पुग्छन् । हामीलाई भने यी र यस्ता घटनाका कारण समाजका सबै मानिसको उद्देश्य र नियत सोझो हुँदैन भन्ने शिक्षा प्राप्त भयो । यो कुरा बुझ्न पनि लामो समय लाग्यो । त्यतिबेला जेजस्तो लागे पनि आजकाल भने कार्यक्रमहरु उपस्थित भएर हाम्रा लागि यस्तो महत्त्वपूर्ण ज्ञान दिन भूमिका निर्वाह गर्ने उनी र उनीजस्ता मनोवृत्तिका सहभागीहरुलाई समेत हामी सबैले धन्यवाद दिनुपर्छ भन्ने लागेको छ । विज्ञानमात्र होइन अन्य क्षेत्रमा पनि यस खालका समस्याहरु देखा पर्न सक्छन् । जसलाई हामीले चिन्ताको विषयका रुपमा नलिई शिक्षाका रुपमा ग्रहण गर्नु बुद्धिमानी हुन्छ । हामी विज्ञानलाई विज्ञानजसरी पढ्छौँ भन्छौँ तर यसलाई समेत अस्वस्थ राजनीतिभन्दा पनि निम्न कोटिको विषयका रुपमा अपनाउँछौँ भने अरु क्षेत्रको अवस्था कस्तो होला ? कुरो ज्ञान, विज्ञान, समाज, नियत र हाम्रो भूमिकाको ।  

भविन्द्र कुँवर (भवभिन्न)

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: प्रतिभाहरुलाई माथि उठाउँदै पूर्वी चितवन साहित्य सम...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: प्रतिभाहरुलाई माथि उठाउँदै पूर्वी चितवन साहित्य सम...पूर्वी चितवनलाई भावनात्मक र रचनात्मक रुपमा बाँध्न थप भूमिका निर्वाह गर्ने कार्य समाजले गरेको छ । पूर्वी चितवन क्षेत्रमा रहेका एक नगरपालिकाका स्रष्टाहरु अर्को नगरपालिकामा गएर रचना सुनाउने र उक्त क्षेत्रका रचनाकारहरुलाई फेरि अर्को नगरपालिकामा आउन निम्तो दिने कार्य समाजले गर्दै आएको छ । यस क्रममा खैरहनी नगरपालिकाका स्रष्टाहरु रापती, कालिकास्थान र रत्ननगर नगरपालिकामा गई रचनामार्फत् साइनो गाँस्ने र उक्त क्षेत्रका स्रष्टाहरुले अन्य नगरपालिकामा गई परस्परमा साइनो गाँस्ने गरेका छन् । अहिले स्रष्टा तथा कलाकारहरुमा उत्साह बढेको छ । उनीहरुको हिजो र आजमा भारी अन्तर आएको छ । रचनाहरुको स्तर र गौरव बढेको छ । कलाकारहरुको चिनाजानी र परिचय फैलिँदै गएको छ । साहित्य र कलामा लागेर केही गर्न सकिँदैन भन्ने कमजोर मानसिकतामा धेरै परिवर्तन आएको छ । भेटै हुने सम्भावना नभएका साथीहरुसँग भेट भएको छ, समूह बनेको छ । अवसरका सम्भावनाहरु एकपछि अर्को गर्दै क्रमशः बढेर गएको उनीहरुले पाएका छन् । उनीहरुका पछिल्ला क्रियाकलापहरुले ...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानम...

देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा केही वर्षयता निरन्तर रुपमा कार्यक्रम गर्दै आएको भौतिक शास्त्र पुनर्निर्माण अभियानले स्वदेश तथा विदेशमा विभिन्न सन्जाल गठन गर्न थालेको छ । यसै क्रममा विश्वव्यापी भौतिक शास्त्रीय महाअभियानका रुपमा नेपालबाट थालिएको उक्त अभियान’को जापान सन्जाल समेत गठन भएको छ । उक्त विश्वव्यापी वैज्ञानिक अभियानले जापान सम्पर्क समितिमार्फत् जापानका विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा भौतिक शास्त्रसम्बन्धि सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन र सन्चालन गर्ने लक्ष्य राखेको छ । उक्त सन्जालको संयोजकमा संयोजकमा कृष्ण सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, रमेश कार्की, विकास सुवेदी र भरत केसी ... For detail information click here ...



The historical and worldwide campaign for physicists 'Physics Reformation Campaign' has recently formed a network in Japan. The Japan network of the campaign is in the leadership of Mr. Krishna Subedi. In the network, Mr. Prakash Shrestha, Mr. Ramesh Karki, Mr. Bharat KC and Mr. Bikas Subedi ... for detail information click here ...



Other related news covered by nepali medias and videos if necessary:

http://www.enayapatrika.com/2016/12/110340

http://www.rastriyakhabar.com/?p=65464

http://www.setoghar.com/news/1213/

https://www.youtube.com/watch?v=Q1-1df2nzb8

http://himaliyuba.blogspot.com/2013/07/blog-post_12.html#.WEhQP9J96aE

http://myagdikali.com/89657.html

https://www.facebook.com/physicsreformationcampaign

http://www.janamanch.com/?p=5963

http://karnalikhabar.com/news/2016/12/05/21167.html